२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गरि आयोग गठन भएको यो अवधिमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको हो । आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
त्यस्तै, हेटौंडाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गरेको छ ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको छ ।
राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले ३४० भूमिहिन दलित, २२६० भूमिहिन सुकुम्बासी, १४६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको जानकारी दिइएको छ ।
जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ ।
आयोगले हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को १४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयामा नापनक्सा कार्य भइरहेको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवं भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी , सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...
१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...
१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...