८ चैत, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगितामा साविक विजेता वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ ।
कैलाश–९ स्थित नामटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी सुरुवात गरेको हो । १० नम्बर वडाको जितका लागी बुद्ध थिङ र सागर बलले एक–एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको हो ।
यस्तै बुधबार नै भएको अर्को खेल भने लगातारको पानीका कारण पहिलो हाफपछि रोकिएको छ । दोस्रो खेलमा वडा नम्बर ५ र ९ बीच खेल भइरहेको थियो । बाँकी समयको खेल बिहिवार बिहान हुने रेफ्री सन्तोष राईले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बिहिबार वडा नम्बर २ र ३ तथा वडा नम्वर ६ र ७ बीच प्रतिस्पर्धा हुने कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले जानकारी दिए । यसअघि बुधबार प्रतियोगिताको गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गरे । उनले प्रतियोगिताको उद्घाटन गर्दै खेलले मानिसको शारिरिक र मानिसिक स्वास्थ्यमा सन्तुलन राख्नुका साथै अनुशासनमा बस्न पनि सिकाउँने बताए । अध्यक्ष मोक्तानले प्रतियोगिताले केवल मनोरञ्जन मात्र दिने नभई गाउँपालिकाबाट खेलाडी उत्पादन गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।
कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...
१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...
१५ बैशाख, हेटौंडा। नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...