१० चैत, हेटौंडा । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । शुक्रबार राति सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको हो ।
चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो । बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा भेट्टायो । चेन्नईको जीतमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । त्यस्तै अजिंका रहानेले २७ रन तथा डेरल मिचेलले २२ रनको योगदान दिए ।
शिवम दुवेले नटआउट रहँदै २८ बलमा ३४ रन तथा रवीन्द्र जडेजाले १७ बलमा २५ रन बनाउँदै टोलीलाई जीतसम्म डो¥याए । बैंग्लुरुका लागि क्यामरुन ग्रिनले २ तथा यश दयाल र करन शर्माले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।
टोलीका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाए । त्यस्तै, दिनेश कार्तिकले ३८ रन तथा कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ रन तथा ग्रिनले १८ रन बनाए । बैंग्लुरुको इनिङ्स ध्वस्त बनाउन मुस्तफिजुर रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिएका थिए । उनी नै प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै दीपक चाहरले १ विकेट हात पारे ।
१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...
१५ बैशाख, हेटौंडा। नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१४ बैशाख, हेटौंडा । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...