Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने

ff-1711674098.jpg

file photo

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउन लागेका हुन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा आज र भोली गरी दुई दिनसम्म महासंघको वार्षिक साधारणसभा हेटौंडामा हुँदै छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढा पनि सहभागी हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।
साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एशोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार आठ सय जना सहभागी हुने अध्यक्ष कँडेलको भनाई छ ।
सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ भने साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु समेत रहने जानकारी बिहीबार भएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कँडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका थिए । उनले राज्यले स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउँदा समस्या भएको दावी गर्दै राज्यको कमजोरीले निर्माण व्यवसायीले दुःख पाउको आरोप लगाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार