Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निर्माण व्यवसायी महिला समितिद्वारा २ संस्थालाई सहयोग

ff-1711844676.jpg

१८ चैत, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघ महिला समन्वय समितिले मकवानपुरका दुईवटा संस्थालाई आर्थिक सहयोग गरेको छ । 
महासंघको हेटौंडामा भएको २५ औँ वार्षिक साधारणसभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिले दुई संस्थालाई नगद २५÷२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवम् निर्माण व्यवसायी संघ मकवानपुरको समन्वयमा शनिबार छुट्टाछुट्टै कार्यक्रमकाबीच हेटौँडा–४ मा रहेको सेन्टर फर अटिजम मकवानपुर र हेटौँडा १७ गैरीगाउँमा  रहेको श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको हो । 
दुवै संस्थालाई निर्माण व्यवसायी संघका पदाधिकारीले २५÷२५ हजार रुपैयाँको चेक प्रदान गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं निर्माण व्यवसायी महिला समन्वय समितिका संयोजक गंगा पोखरेलले सहयोग हस्तान्तरण कार्यक्रममा महासंघको साधारण सभाको अवसरमा आन्तरिक रुपमा स्रोत जुटाएर सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गीता शाही, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलसहित जिल्लाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार