Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारीलाई विश्वासिलो वित्तिय सारथी बनाउनुपर्छः प्रदेश प्रमुख शर्मा

df-1712020006.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथी बनाउनुपर्ने बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा स्थापित गराउनुपर्ने बताएका हुन् । 
‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गर्नुका साथै यसका मूल्य मान्यतामा आधारित भएर सहकारी सञ्चालन गनुपर्ने सुझाव दिएका छन् । 
‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको दायित्व हो’, प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ । 
पछिल्लो समय सहकारी क्षेत्रमा केही विकृतिहरु देखा परेको भन्दै शर्माले यस्ता विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्घति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । 
शुभकामना सन्देशमा हाम्रो देशमा वि.सं.२०१३ सालमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै सहकारी अभियान सुरु भएको उल्लेख गर्दै समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । 
अहिले सहकारी अभियानले ग्रामीण र शहरी क्षेत्रमा तीव्र्रता पाएको भन्दै प्रदेश प्रमुख शर्माले विशेषतः ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येयका साथ यो अभियान अगाडी बढिरहेको उल्लेख गरेका छन् । सहकारी अभियानले नागरिक सवलीकरणमा योगदान पु¥याइरहेको प्रमुख शर्माको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार