Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मागको तेब्बरले मात्रै इपीएस आवेदन भर्न पाउने

EPS-1713690103.jpg

९ बैशाख, काठमाडौं । कोरियामा रोजागरका लागि जान चाहनेहरुमध्ये मागको तेब्बर संख्यामा मात्रै आवेदन दिन सकिने भएको छ । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउने गरेकोमा नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बर आवेदकले मात्रै ईपीएसको आवेदन भर्न पाउने भएका हुन् ।
ईपीएस परीक्षाका लागि आवेदन प्रणाली मात्रै परिवर्तन गरिएको बताउँदै ईपीएस कोरिया शाखा प्रमुख कमल श्रेष्ठले कोरियाले माग गरेको कामदार संख्याको तेब्बरसम्म आवेदन परेमा त्यसपछिकाले आवेदन भर्न नपाउने र सिस्टम आफैं बन्द हुने बताए । कामदारको माग भन्दा अत्याधिक मात्रामा आवेदन पर्ने भएकाले नयाँ व्यवस्था लागु भएको जनाईएको छ । यसअघि कामदारको माग भन्दा १० गुणा बढीसम्म आवेदकले आवदेन दिने गरेका थिए ।
कोरियाले नेपालबाट मेन्युफेक्चरिङ, सीपबिल्डिङ, कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै आएकोमा अब फरेस्ट्री, सर्भिस र रुट इन्डस्ट्रिज सेक्टलाई पनि थप्न प्रस्ताव गरिएको छ । एक वर्षमा कुनै एउटा सेक्टरमा मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।
गत मंसिरमा १५ हजार कामदारको कोटामा १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेकोमा उनीहरुलाई ३ चरणमा परीक्षा दिलाउने व्यवस्था मिलाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार