१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
तरुण केन्द्रीय कार्यसमितिले सुरु गरेको सहयोग संकलन अभियान अन्तर्गत भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका हुन् । भेटवालले गरेको सहयोग प्राप्त भएको विवरण सार्वजनिक गर्दै तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुकमार्फत धन्यवाद समेत व्यक्त गरेका छन् ।
तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले भवन बनाउने निर्णय गरे बमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको भेटवालले बताए । तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार आफ्नो तर्फबाट २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।
आरबी अर्वान विल्डर्स एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका भेटवालले तरुणको बन्न लागेको भवनका लागि सक्दो सहयोग गर्नुपर्ने धारणा राखे । उनले आगामी दिनमा पनि सकेको सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको केन्द्रीय अध्यक्ष गुरुङले जानकारी दिए ।
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...
३ जेठ, काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...
३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...
३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...