२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा उक्लिएको छ।
गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।
शुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो ।
गुजरातलाई सस्तैमा समेट्न गुजरातका लागि मोहम्मद सिराज, यस दयाल र विजयकुमार विषायकले दुईदुई विकेट हात पारे। क्यामरुन ग्रिन र कर्ण शर्माले एकएक विकेट लिए।
१४८ रनको मध्यम लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। उनले २३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका हुन्। ओपनर विराट कोहलीले २७ बलको सामना गर्दै ४२ रन जोडे। उसका लागि दिनेश कात्तिकले नटआउट २१ रन जोड्दा स्वप्निल सिंहलेसमेत नटआउट १५ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
गुजरातका लागि जोश लिटिलले एक्लै चार विकेट हात पारे भने नूर अहमदले दुई विकेट लिए। यो जितसँगै आरसिबी ८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने गुजरात ६ अंकसहित नवौं स्थानमा झरेको छ ।
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...