Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

अशोक बाटिकामा दंगाल

20160910_124203-1473513086.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा भरतप्रसाद गौतम, केदार अधिकारी, सिता तिवारी र जानकी राई रहेका छन् । सभाले पार्वति ढकालको संयोजकत्वमा पुष्पराज हटुवाल र डोरबहादुर अधिकारी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष जयप्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक मोहनप्रसाद बस्ताकोटीले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष अस्मिता आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा संचारकर्मी कपिल खड्का र नविन तिमल्सिना, उत्कृष्ट बचतकर्ता लिलामाया बजगाई र लोकनाथ ढकाल, उत्कृष्ट ऋणीमा सानुबाबु गिरी र विष्णुमाया गिरी, ज्येष्ठ सदस्यतर्फ हरिलाल दाहाल र तेजकुमारी तिमल्सिनालाई सम्मान गरिएको थियो । यसैगरी, २०७२ सालको प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ लकिम दाहाल र मेलिना गजुरेल, संस्थागत विद्यालयतर्फ निशान अधिकारी र सुष्मिता अधिकारी, पूर्व कर्मचारी सिर्जना सापकोटालाई सम्मान गरिएको थियो । सभामा चिसापानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, हटिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश राना, शेयर सदस्य घमराज तिमल्सिना, पार्वती ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार