Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आज बकर इद, यस्तो छ महत्व

Eid-(2)-1473750633.jpg

२८ भदौ, काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए। यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मस्जिदका सहसचिव अब्दुल समिनले बताए।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्। नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ। कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ । (रासस)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडा क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सोमबार डोजर चल्ने
FB_IMG_1715528824954-1715529003.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...

मधेस सरकारबाट बाहिरियो एमाले र माओवादी (केन्द्र)
Screenshot_20240512_20175-1715524551.jpg

३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

थप समाचार