Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

किर्ते कागजमा सरुवा हुने ३ स्वास्थ्यकर्मी पक्राउ

को को स्वास्थ्यकर्मी पक्राउ परे ?

Photo1-1473934962.jpg

रुपेश दुलाल
३० भदौ, हेटौँडा ।
किर्ते कागजातका आधारमा सरुवा हुने ३ स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाले असारदेखि भदौ महिनासम्मको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा किर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रौतहटबाट विभिन्न जिल्लामा सरुवा भएका २ अनमी, २ अहेव र १ हेल्थ असिष्टेन्टको सरुवा पत्र किर्ते फेला परेको हो ।

क्षेत्रीय निर्देशकले मात्रै सरुवा गर्न पाउने नीतिगत प्रावधान भएपनि निमित्त क्षेत्रीय निर्देशकको हस्ताक्षरमा ५ जना कर्मचारी सरुवा भएको पाईएको छ । किर्तेमा संलग्न भएको आशंका भएका ३ जनालाई क्षेत्रीय स्वास्थ्य कार्यालयमा बोलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाईएको र २ जना सम्पर्कमा नआएको क्षेत्रीय स्वास्थ्य निर्देशानालय हेटौँडाका निर्देशक डा. रमेश विक्रम सिंह बताए ।

स्वास्थ्यकर्मी पक्राउपछि दिउँसो घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत ट्रेड युनियनका प्रतिनिधिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले घटनामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कर्मचारीको संलग्नता भएकाले उनीहरुलाई कारवाही हुनुपर्ने माग गरेका छन् । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी किर्ते कागजातका आधारमा सरुवा भएकाले थप कागजात अनुसन्धान थालिएको छ ।

को को स्वास्थ्यकर्मी पक्राउ परे ?
किर्ते कागजातका आधारमा सरुवा हुने ३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्नता रहेको आशंकामा पक्राउ पर्नेमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद शाह र पर्सा सरुवा भएका हेल्थ असिष्टेन्ट राजकिशोर यादव रहेको स्रोतको दावि छ । अनुसन्धानमा किर्तेमा सरुवा भएका कर्मचारीहरुको नाम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आधिकारिक रुपमा दिन चाहेन । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारी किर्ते कागजमा सरुवा भएको हुन सक्ने र यसमा गिरोहको हात रहेकोले अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा रहेका गिरोह कारवाहीमा पर्ने दावि समेत गरे । प्रहरी स्रोतले घटनामा संलग्न मूख्य व्यक्तिको पहिचान भएको जनाएको छ ।
 

नेता समेत नियन्त्रणमा
घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत संगठनका नेता समेत प्रहरी नियन्त्रणमा परेका छन् । आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष विष्णुप्रसाद अर्याल, उपाध्यक्ष राजकुमार अर्याल, नेपाल समाजवादी स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक उत्सव चौलागाई, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामआदर पाण्डे, लक्ष्मण दाहाल, दिपकराज मिश्र, यादवेन्द्र पौडेलसहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उत्सव चौलागाईले बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकसँग घटनाबारे बुझ्न गएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । किर्तेमा क्षेत्रीय स्वास्थ्य निर्देशालयभित्रका कर्मचारीको हात रहेको र यसको नेतृत्व निर्देशकले गरेकोले उनलाई समेत पक्राउ गर्नुपर्ने जिकिर नेताहरुले गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । निर्देशकको काममा बाधा पु¥याउन खोजेकोले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले त्यहाँ उपस्थित संचारकर्मीलाई जानकारी दिए । प्रहरीमा नियन्त्रणमा लिईएका नेताहरुलाई अपरान्ह छोडिएको छ ।

Photo2-1473934962.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल सरकारबाट बाहिरियो
images(8)-1715587290.jpg

३१ बैशाख, हेटौंडा। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका...

बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार