Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

मोवाईल व्याट्री जोगाउने १० तरिका

धेरै मोवाईल प्रयोगकर्तालाई एउटै चिन्ता हुन्छ, व्याट्री चार्ज कसरी बढि समय जोगाउने । यसको ज्ञान नहुँदा चार्ज नसकियोस् भनेर चार्जर पाउने वित्तिकै चार्ज गरिहाल्ने बानि हामी सबैमा छ । यस्तो समस्या सामान्य उपाय अपनाएर पनि समाधान गर्न सकिन्छ । तलका १० उपाय अपनाउनु भयो भने अहिले भन्दा केही बढि समय व्याट्री चार्ज जोगाउन सक्नु हुनेछ ।

१) ब्राइटनेस घटाउनुहोस्

स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मनपर्छ तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो । स्मार्टफोनका अरु कम्पोनेन्ट भन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहस नहस पारिदिन्छ । धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ । यो मोडमा तपाइँले आफ्नो फोनलाई राख्नु भयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ । अझ तपाइँले आफ्नो स्क्रिनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो । यही एउटा तरिका अनुसरण गर्नुभयो भने मात्रै पनि तपाइँले स्मार्टफोनको ब्याट्री लाइफमा नाटकीय सुधार अनुभव गर्नुहुनेछ ।

२) टाइम आउट छोट्याउनुहोस्

तपाइँको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्क्रिन टाइम आउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ । आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनेरल सेटिङभित्र गएर अटो लक हेर्नुहोस्   यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्क्रिन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा १५ सकेन्डमै टाइम आउट हुने अप्सन हुन्छ । तर आइफोनमा भने यसलाई १ मिनेटभन्दा कममा सेट गर्न मिल्दैन । ब्याट्री लाइफाका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले दिइएका मध्ये टाइम आउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस् ।

३) ब्लुटुथ र वाइफाइ अफ गर्नुहोस्

ब्लुटुथ र वाइफाइ ब्याट्री लाइफका अर्का दुई शत्रु हुन् । त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस् । वाइफाइ नभएको स्थानमा वाइफाइ अन गर्नुको कुनै औचित्य नहुने हुँदा थ्रिजी वा जिपीआरएस प्रयोग गर्नु उचित हुन्छ ।

४) जिपीएसमा सावधानी अपनाउनुहोस्

जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो । यो एक प्रकारको रेडियो हो । यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाइँको फोनको लोकेसन पत्ता लाउने काम गर्छ । धेरै एपहरुले लोकेसनका लागि फोनको जिपीएस एक्सेस गर्छन् । जिपीएस एक्सेस सबै एपलाई नदिनुहोस् । आफ्नो आवश्यकता हेरेर मात्र एपहरुलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ ।

५) ब्याकराउन्डमा रन हुने एप अफ गर्नुहोस्

एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो । स्मार्टफोनको यो महत्वपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ । एप चलरिहँदा यसको लोड प्रोसेरमा पर्छ । ब्याकराउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ । मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकराउन्डका एपलाई बन्द गर्न सकिन्छ । समय समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट अझ राम्रो हो ।

६) तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस् । गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नस्ट भएर जान्छ । स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेञ्ज हुन्छ । त्यो भन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नस्ट हुनपुग्छ ।

७) भाइब्रेटसन प्रयोग नगर्नुहोस्

तपाइँ फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ ? रिङटोन भन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ । रिङटोन बज्दा आवाज निकाल्नको लागि मोबाइल फोनको सानो मेम्ब्रेनलाई भाइब्रेट गरे मात्र पुग्छ । यसको विपरित भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ । यो प्रक्रियाको लागि धेरै उर्जा खपत हुन्छ । आवाजले डिस्टर्भ नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेशन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस् ता कि भाइब्रेसन बिना नै नयाँ कल आएको थाहा होस् ।

८) अनावश्यक नोटिफिकेशन अफ गर्नुहोस्

प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन् । एपहरुले केही भेटाउन साथ त्यसले आवाज निकाल्छ, स्क्रिन उज्यालो पार्छ वा म्यासेज देखाउँछ । अथवा यी सबै कुरा गर्छ । स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ । ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो ।

९) पावर सेभिङ मोड

स्मार्टफोन कम्पनीहरुले विभिन्न मोडलअनुसार फरक फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन् । यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ । यसले एपहरुलाई ब्याकराउन्डमा अपडेट हुनबाट रोक्छ । स्क्रिनलाई मधुरो बनाउँछ, स्क्रिनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ । हुन तस्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ ।

१०) अरु केही उपाय

फ्लास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो । मल्टिपल सट लिने हो भने त सानो फ्लासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ । तत्कालै जवाफ फर्काउनु छैन भने इमेल नोटफिकेशनको समय २०-३० मिनेटमा सेट गर्नुहोस् । यसले छिटो छिटो आउने नोटिफिकेशनबाट ब्याट्रीलाई जोगाउँछ । तपाइँ आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस् । त्यसले पनि तपाइँको ब्याट्री लाइफ जोगाउँछ । फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस् । त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ । ब्याट्री पूर्णरुपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस् ।

माथिका उपायहरु अपनाउँदा पक्कै पनि हामीले पहिले भन्दा केही समय मोवाईलको व्याट्री खर्च हुनबाट जोगाउन सक्छौं ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

थप समाचार