Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ । 

संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ को उपदफा ६ र ७ संगठन स्वतन्त्रता र सामुहिक सौदावाजीको भावना विपरित भएको भन्दै विरोध गरेको छ । बैठकले बन्द हड्ताल र नो वर्क नो पे जस्ता विवादित विषयलाई सरोकारवालाहरूसंग छलफल नगरि एकपक्षीय ढंगबाट एेनमा राखिएको भन्दै अापत्ति जनाएको छ ।

मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष धिरेन्द्रकुमार सिंहले एेनको दफा ४७ को उपदफा ६ र ७ मा रहेको श्रमिक विरोधी विषय खारेजीको माग गर्दै कार्तिक १८ गते संघका जिल्ला समितिले श्रम कार्यालयमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताए ।

त्यसैगरी, मंसिर १ गते अौद्योगिक प्रतिष्ठानका ईकाई समिति र जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गते सम्पूर्ण अौद्योगिक प्रतिष्ठानमा कालो व्यानर राख्ने निर्णय भएको छ । माग पूरा नभएर उद्योग प्रतिष्ठान बन्द गर्ने चेतावनी समेत संघको छ ।

बैठकले बन्द तथा रूग्ण उद्योग तत्काल संचालन गर्न र बन्द उद्योग एवं प्रतिष्ठानमा कार्यरत श्रमिकहरूको तलव तथा सुविधा उपलव्ध गराउन सरकार र व्यवस्थापनलाई दवाव दिने, ५ बर्षदेखि सामाजिक सुरक्षा कोष बापत कट्टा गरेको १% रकम प्रयोगका लागि सामाजिक सुरक्षा एेन पारितका लागि सम्बन्धित निकायसंग छलफल, दवाव र लविङ गर्ने समेत निर्णय गरेको छ । 

बैठकले अान्दोलन संचालन गर्न अध्यक्ष धिरेन्द्रकुमार सिंह संयोजक र सुरेश भगत, टेकेन्द्र पौडेल, विजय पौडेल, लक्ष्मणप्रसाद भट्टराई, प्रतिमा शाह र यमबहादुर श्रेष्ठ रहेको ७ सदस्यीय समिति र नयाँ संविधान अनुसार विधान संशोधनका लागि लक्ष्मणप्रसाद भट्टराई संयोजक, यम श्रेष्ठ, चन्दन झा, प्रेमशंकर पाण्डे र अनिल बस्ताकोटी सदस्य रहेको ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । 

पत्रकार सम्मेलनमा कारखाना श्रमिक संघका पदाधिकारी, ट्रेड युनियन कांग्रेसका पदाधिकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार