Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

चेपाङले भने–बानियाँ मनकारी नेता रहेछन्

Kambal2-1546344024.jpg

१७ पुस, हेटौँडा । राक्सिराङका स्थानीय चेपाङहरुले प्रदेशसभा सदस्य एवं प्रदेश ३ नेपाली कांग्रेस संसदीय दलका नेतालाई मनकारी नेताको संज्ञा दिएका छन् । बानियाँको सामाजिक सहयोग देखेर उनीहरुले मंगलबार उनलाई मनकारी नेताको संज्ञा दिएका हुन् ।

मेलमिलाप दिवसको अवसरमा राक्सिराङका चेपाङहरुलाई कम्बल वितरण गर्न पुगेका उनलाई स्थानीयले मनकारी नेता भन्दै धन्यवाद दिएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा उनले राक्सिराङ गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का विपन्न चेपाङ समुदायलाई ४ सय ६५ थान कम्बल वितरण गरेका छन् । कम्बल सहयोग पाएपछि उनीहरुले बानियाँलाई मनकारी नेता भन्दै धन्यवाद दिएका थिए । ‘अरु त भोट माग्न मात्रै आउँथे, तर इन्द्र बानियाँले दुःखमा सहयोग पनि गरेका छन् ।’–एक बृद्ध चेपाङले भने–‘मनकारी नेता रेछन् ।’ जाडोको समयमा विपन्न चेपाङका परिवारलाई राहत स्वरुप सहयोग गरेको बानियाँले बताए । बानियाँले आफ्नो प्रदेश सभा सदस्यको सेवा सुविधा र व्यक्तिगत लगानीमा आफ्नो क्षेत्रमा विकासको कामदेखि सामाजिक हितमा खर्च गर्दै आएका छन् ।

कम्बल वितरण कार्यक्रममा प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सिराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, कांग्रेस १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, राक्सीराङ २ का वडा अध्यक्ष सूर्यबहादुर मुक्तान, खेम चेपाङ, साविक सरिखेतका सभापति बीरेन्द्र जिम्वालगायत लगायतको सहभागिता रहेको थियो ।

Kambal1-1546344024.jpg
Kambal3-1546344074.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कोलकत्ता नाइट राइडर्स आइपिएलको प्लेअफमा
110035307-1715481357.jpg

३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
Screenshot_20240512_08081-1715480606.jpg

३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...

नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै
nekapa-ekikrit-samajbadi-1715479505.jpg

३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज  बस्दैछ । स्थायी कमिटी बैठक...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715478979.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा भतिजद्वारा काकी माथि कैची प्रहार
images(3)-1715433645.jpg

२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...

सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राथमिकताः वडाध्यक्ष सिग्देल
Capture-1715431041.JPG

२९ बैशाख, हेटौँडा । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नं. वडाध्यक्ष नवीन...

नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन
Screenshot_20240511_17424-1715428677.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा-१८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ । महादेव मन्दिर निर्माण...

संसदीय छानबिन समिति गठन नगरिए कांग्रेसले संसद अवरोध जारी राख्ने
congress.jpg-16-1715418454.jpg

२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय...

हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्न लागेकोमा विरोध
Hetauda-Hospital-1715406430.jpg

२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...

थप समाचार