Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

इन्टरनेट अध्यक्षद्वारा ४ जनालाई छात्रबृत्ति

१ मंसिर,  हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् ।

श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना विद्यार्थीका लागि एकवर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

बालबोधमा अध्ययनरत् बिष्णुमाया श्रेष्ठ, मीना तिमल्सिना र प्रतिमा सुवेदीलाई एकमुष्ट २५ हजार तीनसय ५० तथा सिटी कलेजमा अध्ययनरत शेलेष ढकाललाई एकवर्षको मासिक शुल्कबापतको १२ हजार रूपैयाँ गरी ३६ हजार तीनसय ५० रुपियाँ छात्रबृत्ति बापत प्रदान गर्न लागेको उनले बताए ।

उनले विद्यालय तथा कलेजको बार्षिक अभिभावक भेलाको समयमा रकम विद्यालयका शिक्षक तथा अभिभावकको बीचमा प्रदान गर्ने तयारी गरेका छन् । ‘पैसाकै अभावमा पढाई रोकिन्न हुन्न भन्ने मान्यताका साथ मैले सानो सहयोग गर्न लागेको हुँ । आगामी दिनमा पनि मेरोतर्फबाट सहयोग जारी रहनेछ’, उनले भने ।

उनका अनुसार खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएपनि  शैक्षिक क्षेत्रमा भने पहिलो पटक सहयोग उपलब्ध गराउन लागिएको हो । ‘अब खेलसँगै शिक्षालाई पनि अगाडि बढाइनेछ’, उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

थप समाचार