Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

असन्तुष्टलाई समेट्न एमाले लचक हुनुपर्छ : पौडेल

20161117_084733-1479362026.jpg

२ मंसिर, हेटौँडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा एमालेलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस मकवानपुरले विहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताए । संविधान जारी गर्ने प्रमुख तीन दलले कार्यान्वयनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिंदै उनले समस्या समाधानका लागि एमाले लचक भएर अघि बढ्नुपर्ने बताए ।
नयाँ संविधानले दिएका संघियता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता विषयलाई संस्थागत गर्नुपर्ने अवस्थामा राजनैतिक दलले आफ्नो अडान मात्रै राखेर बस्न नहुनेमा उनको जोड थियो । ‘प्राप्त उपलव्धीलाई संस्थागत गर्ने बेलामा आँठो, किलो मात्रै समाएर हुन्छ, सबै लचक हुनुपर्यो ।’–उनले भने । उनले संविधानले तोकेको समयमा ३ तहको निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि असन्तुष्ट पक्ष र संविधान जारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
मधेश, लोकतन्त्र र काँग्रेस एक अर्काका पुरक भएकाले मधेशका असन्तुष्टीलाई काँग्रेसले गम्भिरतापूर्वक समाधानमा लागेको बताए । मधेशमा संविधानका बारेमा रहेका गलत धारणाको अन्त्यका लागि आफु मधेश दौडाहामा निस्किएको नेता पौडेलको भनाई थियो । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य शोभाकर पराजुलीले गौतम बुद्धपछि नेपालमा विपि कोइरालालाई सम्झने गरेको भन्दै उनको सिद्धान्तमा अघि बढ्न कार्याकर्तालाई सुझाव दिए ।
नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला नेता, चितवनसहित विभिन्न जिल्लाका नेता, मकवानपुरका विभिन्न क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

थप समाचार