Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सहकारीमा विपद् व्यवस्थापन कोष बन्दै

५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ । 
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना बनेको हो । 
भैँसे, निबुवाटार, पदमपोखरी, छतिवन लगायत गाविसमा रहेका सहकारीहरुसँग विपद् जोखिम न्यूनकरणका लागि सहकारीहरुको भूमिकाका बारेमा आयोजित छलफल कार्यक्रममा छुट्टै विपद व्यवस्थापन कोष खडा गर्ने, विपदमा परेका बेला सदस्यहरुलाई परिचालन गर्ने लगायतका बिषयमा सबै सहकारीका प्रतिनिधिहरुले एकमत जनाएका थिए ।

उनीहरुले आफ्ना सहकारीहरुमा तुरुन्तै विपद् व्यवस्थापन कोष तयार गर्ने र सहकारीका समूहको बैठकमा जाने सहजकर्ताहरुलाई समेत विपद् व्यवस्थापनबारे समूहका सदस्यहरुलाई जानकारी गराउने गरी जिम्मेवारी तोकिने बताए । 
त्यसैगरी ऋणको बीमा गरी लगानी सुरक्षित गर्नका लागि बिमा कम्पनी र सहकारी संस्थाहरुबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो । ग्रामीण महिला सेवा केन्द्रको आयोजना तथा केयर नेपालको सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, केयर नेपालका परियोजना व्यवस्थापक रुपेन्द्र बस्नेतलगायतले विपद् व्यवस्थापनमा समुदाय तहमा सहकारीमार्फत खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।

त्यसैगरी बिमा र सहकारीको समन्वयमा विपद घटाउने बारेमा नेशनल लाइफ इन्स्युरेन्सका नवराज अधिकारीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार