रोजिन श्रेष्ठ
१५ पुस, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयको १३ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले व्यवस्थापन समितिमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
भेलाले नयाँ बनेको शिक्षा ऐनबमोजिम दुई जना महिला र दुई जना पुरुषगरी चारजना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला राई र विमला ढुंगाना रहेका छन् । नयाँ समितिलाई विद्यालय निरीक्षक चौधरी तथा स्रोतव्यक्ति किरण आचार्यलगायतले शुभकामना एवम् बधाई ज्ञापन गरेका छन् ।
कार्यक्रममा विद्यालयको प्रतिवेदन प्राचार्य रमेशप्रसाद लामिछाने, तथा सामाजिक लेखापरीक्षणसमिति अध्यक्ष श्यामप्रसाद न्यौपानेले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । भेलामा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरीय विकासको लागि योगदान पुर्याएको भन्दै पूर्वअध्यक्ष त्रिविक्रम मानन्धर, साधुराम चौंलागाई र बालकृष्ण चौंलागाईलाई सम्मान गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद चौंलागाईको सभाध्यतामा सम्पन्न भेलामा भेलामा स्रोतव्यक्ति किरण आचार्य, राजनैतिक दलको तर्फबाट पुष्पराज पराजुली, बंशगोपाल बहुमुखी क्याम्पसमा अध्यक्ष उज्वल चौलागाई, नवज्योति माविका अध्यक्ष विजय बस्नेत, निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, विद्यालयका सहायक प्रअ ललनकुमार पाण्डेय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...