१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी कक्षा ९ का सिद्धान्त अधिकारी, अनुशासित विद्यार्थी आयुषा गौतम, अंकिता लामा र सरसफाईमा उत्कृष्ट कृतिषा धिताललाई पुरस्कृत गरिएको थियो । पुरस्कार हेटौँडा–६ चौघडास्थित पुष्प स्टेशनरी एण्ड कस्मेटिक सेन्टर चौघडाले सहयोग गरेको थियो ।
सुनभागा शिक्षा निकेतन कम्पनी संचालक समितिका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रधानाध्यापक केवि खवास, शिक्षिका प्रसन्ना रिजाल र कार्यालय सहयोगी चण्डिका ढकाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याव्सन मकवानपुरका सचिव विनोद सुवेदी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष साधुराम चौलागाई, संस्थाका प्रवन्ध सञ्चालक रामहरी चौलागाई, संचालक सदस्य गुरुप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समिति सदस्य पार्वति दुलाल, अभिभावक शालिकराम घिमिरे, संचारकर्मी रुपेश दुलाल, भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यार्थीहरुले नृत्य, सचेतनामुलक नाटक र गीत प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
८ जेठ, काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...