Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

रहेनन् र्यापर यम बुद्ध

yama-1484460493.jpg

२ माघ, काठमाडौं । स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ रहेको ईकान्तिपुरले समाचार बनाएको छ । 

उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ । 

लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए ।

बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो ।

‘काम सकेर घर खाना खाइ नर्मल सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा हामी आश्चर्यचकित भयौं,’ एक आफन्तजनले भने, ‘यमको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्छ ।’

सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी । २५ वर्षकै उमेरमा विधवा बनेकी यमकी श्रीमती र समस्त परिवार यतिखेर शोकमा छ ।

आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेको उनका एक आफन्तले जनाए । ‘मसँग बारम्बार कुराकानी भइरहन्थ्यो । एल्बम निकालेपछि ति गीतहरु आइट्यून, गुगल प्ले, एप्पल र स्पोटीफाइमा राख्ने योजना यमले सुनाएका थिए,’ तिनले भने ।  

यमले आगामी ११ फेब्रुअरीमा ‘भ्यालेन्टाइन वीकेन्ड’ कार्यक्रम गर्ने तयारी गरिरहेको उक्त कार्यक्रमका एक संयोजकले जानकारी दिएका छन् । उलवीच लोटस क्लबमा कार्यक्रम गर्न हल बुकिङ समेत भइसकेको थियो । 

हाल उनको शव ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा छ । शवको पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टि नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् । 

अधिकारी नयाँ एल्बम ‘खतरा’ समेत छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार