Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बंशगोपाल बहुमुखी क्याम्पस र कोरियन कलेजबीच सम्झौता

ban-sha-gopal-1484920177.jpg

७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पस र दक्षिण कोरिया पुसानको योङसान कलेजबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । 

शुक्रबार भएको कार्यक्रममा बंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौंलागाई र योङसान कलेजका प्राध्यापक डा.किमसाङ ओजीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आगामी दिनहरुमा दुई कलेजबीच संस्कृति तथा विभिन्न सहयोगी शिक्षकहरु र शैक्षिक उन्नतिको लागि सहयोग आदानप्रदान गरिने भएको छ ।

कार्यक्रममा योङसान कलेजका प्राध्यापक डा.किमलाई बंशगोपाल क्याम्पसको मानार्थ प्राध्यापकमा नियुक्ति गरेको छ । कार्यक्रममा बंशगोपाल क्याम्पसका जहेन्दार, मेहेनती र विपन्न वर्गका बिद्यार्थीहरुलाई छात्रबृति दिने उद्देश्यले क्याम्पसका सल्लाहकार नवराज अर्यालले एक लाख र समिति सदस्यद्वय गुरुप्रसाद सापकोटा, गणेशप्रसाद दुलालबाट ५०/५० हजार रूपैयाँ गरी दुई लाखको अक्षय कोष स्थापना गर्ने भएको छ ।

यसैगरी हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले सोह्र हजार रूपैयाँ बराबरको ४० थान पुस्तक सहयोग गरेका छन् भने चौघडामा आयु पोलिक्लिनिकले विद्यार्थीलाई एकबर्षका लागि प्राथमिक उपचार सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, महायज्ञमा दिने भएको रकम एक लाख रूपैयाँ पुर्णभद्र चौंलागाईले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा किम हे माइग्रेन हाउसका संस्थापक तथा कोरिया युथ सपोर्ट फाउण्डेसन नेपालका अध्यक्ष यज्ञराज सुबेदी, एसियन फेडेरेशन फोरमका कार्यकारी प्रमुख सिद्धी बराल, पूर्व अध्यक्ष बालकृष्ण चौंलागाई, क्याम्पस सल्लाहकार त्रिविक्रम मानन्धर, बंशगोपाल माविका विव्यस अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, प्रअ रमेशप्रसाद लामिछाने, क्याम्पस उपाध्यक्ष कृष्णप्रसाद सन्जेल, सदस्यहरु साधुराम चौंलागाई, गुरुप्रसाद सापकोटा, गीता सापकोटा, गणेशबहादुर दुलाल, चण्डिका माविका प्रअ दासरथी उपाध्याय तथा क्याम्पसका शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थीलगायतको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

थप समाचार