Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सूचनाको हक कार्यान्वयनका लागि अन्तरक्रिया

RTI-Photo-1469428715.jpg

१० साउन, हेटौँडा । मकवानपुरका सार्वजनिक निकायबाट सूचनाको हक कार्यान्वयन हुन नसकेको सोमबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

सूचनाको हक कार्यान्वयनका लागि नागरिक तहबाट दवाव सिर्जना गर्नुपर्ने उद्देश्यका साथ भएको कार्यक्रममा सहभागी संचारकर्मी, व्यवसायी र सर्वसाधारणले सूचनाको हक कार्यान्वयन गराउन एकतावद्ध भएर अघि बढ्नुपर्ने खाँचो औल्याए । कार्यक्रममा बोल्दै सूचना हक कार्यान्यवनका लागि गठित जिल्ला अनुगमन समितिका संयोजक एवं मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले सार्वजनिक निकाय सूचनाको हक कार्यान्वयनमा उदासिन रहेको स्विकारे । उनले सुशासनका लागि पारदर्शिता आवश्यक रहेको र सूचनाको हकले पारदर्शितामा जोड दिएकाले यसको कार्यान्वयनमा जुट्नुपर्ने बताए । उनले सार्वजनिक निकायको सूचनाको हक कार्यान्वयनको अवस्थाबारे आफुहरुले अनुगमन गर्ने बताए ।

कार्यक्रममा सूचनाको हक कार्यान्वयन नागरिक अभियानका संयोजक कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारु मगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, व्यवसायी कृष्णराज कोइराला लगायतले सूचनाको हक कार्यान्वयनमा जिल्लाका सार्वजनिक निकाय उदासिन रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ घट्यो
Petrol-Pump-1714493693.jpg

१८ बैशाख, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । निगमले...

कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

थप समाचार