Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

१२ स्वास्थ्य भवनको यसरी भयो शिलान्यास (तस्विरहरु)

H4-1612273229.jpg

धियालमा भवन शिलान्यास ।

२० माघ, हेटौंडा । मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था मंगलबार एकै दिन शिलान्यास भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० मकवानपुरले निर्माण गर्न लागेको भवनको मंगलबार शिलान्यास भएको हो ।
कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास भएको जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका वडा नम्बर २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका वडा नम्बर ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास मंगलबार भएको छ ।
टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुँदैछ । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गरेका थिए । नवलपुरमा ४ र परासी जिल्लामा पनि ४ वटा भवन त्यहाँका स्थानीय तहका प्रमुख लगायतले भवन शिलान्यास गरेका थिए ।

H1-1612273314.jpg

निबुवाटारमा भवन शिलान्यास ।

H5-1612273445.jpg

खैराङमा भवन शिलान्यास ।

H-1612273314.jpg

टिष्टुङमा भवन शिलान्यास ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

थप समाचार