Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

शनिबारको लिग क कस्ले जिते?

21557142_1401704649914841-1504978160.jpg

तस्विरः सुनिल शिवाकोटी / प्रस्ट खबर

 

२४ भदौ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्राचौरमा  जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज शनिबार पनि ४ खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा क्रमश बुद्ध युवा क्लब हात्तिसुँडे , कमलादेवी युवा क्लब, छिमेकी स्पोर्टस् क्लब र एफसी इन्टरनेट सिटी बिजयी भएका छन । 
 बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लब हात्तिसुँडे विजयी बनेको छ । बुद्ध युवा क्लब हात्तिसुँडेले चौघडा फुटबल टिमलाई २–० गोल अन्तरले पाखा लगाएको छ । हात्तिसुँडेका तर्फबाट विजय मोक्तान र नरेश घलानले  गोल गरेका थिए । 

त्यसैगरी  कमलादेवी युवा क्लब र महावीर क्लव बिच सम्पन्न दोस्रो खेलमा कमलादेवी युवा क्लब विजयी बनेको छ । कमलादेवीले  महावीर क्लवलाई १–० गोलले हराएको हो । कमलादेवीको तर्फबाट एकमात्र गोल सुनिल घलानले गरेका थिए । त्यस्तै आजै सम्पन्न  छिमेकी स्पोर्टस् क्लब र बुद्धसामाजिक नमूना क्लब बिचको तेस्रो खेलमा बुद्धसामाजिक नमूना क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै छिमेकी स्पोर्टस् क्लबले विजयी हुदै अंक जोडेको छ ।  छिमेकीलाई विजयी बनाउन प्रकाशमान राईले  र रमेश राईले   गोल गरेका थिए ।

त्यस्तै आज सम्पन्न एफसी इन्टरनेट सिटी र पशुपति स्पोर्टस् एकेडेमी बिचको  अन्तिम खेलमा इन्टरनेट सिटी ३–१ गोलले  विजयी  भएको छ  । निकै प्रतिस्पर्धाका विच भएको खेलमा इन्टरनेटको तर्फबाट रबि थिङ ,बिक्रम बानियाँ र मनोज घलानले  क्रमश ६, ४५ र ६२ औँ मिनेटमा बललाई  जाली चुमाएका थिए र पशुपतिको तर्फबाट अजय सापकोटाले खेलको ३४ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । इन्टरनेट सिटीका डिफेन्डर बिक्रम बानियाँले पशुपतिको प्रहारलाई विफल तुल्याईदिएका थिए भने पशुपतिका गोलरक्षकले विपक्षीको प्रहारलाई रोक्न नसक्दा अंक गुमाउन बाध्य बनेको हो । जित संगै सिटीको अर्को चरणमा पुग्ने संभावना बलियो बनेको छ । ३७ टिमको सहभागिता रहेको प्रतियोगिता असोज ८ गतेसम्म चल्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार