Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यालयमा मनाईयो बालदिवस

20170914_134114-1505389736.jpg

भानु मावि मकवानपुरगढीको कार्यक्रम ।

२९ भदौ, हेटौँडा । मकवानपुरको मनहरी–३, सिद्धकालीमा रहेको प्रजा आधारभुत बिद्यालयका बाढी र पहिरो प्रभावित बिद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । राष्ट्रिय अभियान मकवानपुरले बिद्यालयका ४३ बिद्यार्थीलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा, सदस्य कुमारी वाईबा, बिद्यालयका अध्यक्ष राजु खनाल लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

यस्तै, बिद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम पनि भएको छ । हिमराईट्स मकवानपुरले ‘बर्तमान सन्दर्भमा शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको हो । ७ बिद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ८ की मन्दिरा भण्डारी प्रथम, कक्षा ८ का सञ्जय तामाङ्ग दोश्रा, कक्षा ८ कै निरज घलान तेश्रा र कक्षा ६ की जोनिषा मोक्तान सान्त्वना भएका थिए ।

कार्यक्रमका बिजेतालाई बिद्यालयका प्रधानध्यापक तुलबहादुर सुनार लगाएतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा कक्षा २ का बिवश प्रजा, कक्षा ३ की जुलुङ प्रजा र कक्षा ४ का बिकास प्रजालाई झोलासहित कपी, टिफिन बक्स, पानीको बोत्तल लगाएतका सामग्री बितरण गरिएको हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईवाले जानकारी दिए ।

यस्तै, पूर्वी मकवानपुरको बकैया–३ हात्तिसुडेमा रहेको बुद्ध माविमा पनि बाल दिवस मनाईएको छ । हात्तीसुँडेमा सिविन नेपाल, बुद्ध मावि, बुद्ध युवा क्लब, वसन किशोरी समूह, परिवर्तनशील किशोरी समूह र बुद्ध किशोरी समूहको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कक्षा १–५ र ६–१० को बाल नृत्य प्रतियोगिता, ८–१० को वक्तृत्वकला प्रतियोगिता र ६–१० को कविता प्रतियोगिता र बालिकामाथि हुने हिंसा विरुद्धको जनचेतनामूलक सडकनाटक प्रस्तुत लगायतका कार्यक्रम भएको थियो ।

वडा अध्यक्ष दिलबहादुर भोम्जनको प्रमुख आतिथ्यता एवं शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल विक, सिविन नेपालका सहजकर्ता सञ्जु कुमारी डिम्डुङ, विद्यालयस्तरको बाल संरक्षण समितिका संयोजक योग बहादुर राई, बुद्ध युवा क्लबका अध्यक्ष बुद्ध थिङ, बसन किशोरी समूहकी अध्यक्ष सरिता विक, बुद्ध किशोरी समूहकी अध्यक्ष सम्झना गोले, परिवर्तनशील किशोरी समूहकी अध्यक्ष गिता घिमिरे लगायतको सहभागिता रहेको थियो ।
यसैगरी महेन्द्र किरण मावि मनहरी र भानु मावि गढीमा पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार