२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।
मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल आर्मी क्लब फाइनल प्रवेश गरेको हो भने आयोजक मकवानपुरलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा नेपाल आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६–२४, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले आयोजक मकवानपुरलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताको उपाधी विजेताले २ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैया नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने चौथो हुने टिमले सान्त्वना स्वरुप २५ हजार रुपैया प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट विधागत पुरस्कार समेत प्रदान गरिनेछ । ८ टिमको सहभागिता रहेको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९, बस्तीपुरको संयुक्त आयोजनामा भएको हो ।
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...
१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...
१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...
१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...
१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...
१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...
१७ बैशाख, चैनपुर। बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...
१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...
१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा आज...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...