Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रहरीको गोली लागेर मृत्यु

Birtamod-27102017025056-6-1509103198.jpg

१० कार्तिक, झापा । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । 
घाईते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३२ बर्षिय नवराज (राजेश) थापाको मृत्यु भएको खबर इकान्तिपुरमा छ । घाटीमा गोली लागेका उनलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्प्ताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीको गोली लागि गम्भीर घाइते ३ जनाको भद्रपुरस्थित मेची अञ्चल र अन्य ६ जनाको बी एण्ड सी लगायत बिर्तामोडका निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शरिरका बिभिन्न भागमा गोली लागेको छ । प्रहरीले भने कर्फ्युका समय मृतक बालकका आफन्त तथा स्थानीयवासीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेपछि बाध्य भएर गोली चलाएको बताएको छ । 
अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले बिर्तामोड क्षेत्रमा प्रदर्शन गरेका थिए ।
तस्विर साभार : इकान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार