Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार महासंघ बागमती प्रदेश पदाधिकारी बैठकबाट शुद्धीकरण अभियानसहित विभिन्न निर्णय

Screenshot_20230801_20303-1690901285.jpg

१६ साउन, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पदाधिकारी बैठकले सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको छ ।
हेटौडा-११ स्थित महासंघको कार्यालयमा मंगलबार अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासंघले गरिरहेको सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्ने गरी २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आगामी पदाधिकारी बैठक २०८० भदौ १ गते, पत्रकार सम्बद्ध बागमती प्रदेश स्तरीय संघ/संगठनका नेतृत्वसँगको बैठक २०८० भदौ २ गते हेटौंडामा र २०८० भदौ ९ गते  कार्यसमितिको पूर्ण बैठक धादिङ जिल्लामा गर्ने निर्णय भएको छ ।
त्यस्तै, ‘सदस्यता शुद्धीकरण मापदण्ड २०७९’ अनुसार महासंघको सदस्यता शुद्धीकरणका लागि जिल्ला शाखाहरुले कार्य अघि बढाएकोमा सबै शाखाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।
बैठकले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो/उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी÷गुनासोमा मागदाबी लाग्ने हो वा होइन आधार र कारण सहित खुलाएर जिल्ला शाखाहरुबाट प्रमाण सहितको यथार्थ बिवरण २०८० साउन मसान्तभित्र माग गर्ने निर्णय गरेको छ ।
सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो/उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी/गुनासो बारे यथार्थ बिवरण बुझी २०८० साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न पदाधिकारी तथा सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मकवानपुर–संयोजक  : कोषाध्यक्ष रमेश ढुङ्गेल, सदस्य : काजि श्रेष्ठ, केशव नेपाली, प्रविण दत्त
चितवन– संयोजक : उपाध्यक्ष, रुपेश दुलाल, सदस्य : रामहरि गजुरेल, जीवन कुँवर
धादिङ – संयोजक : उपाध्यक्ष, सम्झना कार्की, सदस्य : पेमा लामा, सम्झना हुमागाई, पवित्रा ढकाल (भगत)
नुवाकोट– संयोजक : सचिव, युवराज पुरी, सदस्य : श्याम खतिवडा, सन्तोष भुजेल
रसुवा – संयोजक : सचिव, राजन गाउँले, सदस्य : रामहरि गजुरेल, काजि श्रेष्ठ
काभ्रे – संयोजक : महासचिव, कृष्ण सारु मगर, सदस्य : अन्जु डिम्दोङ, ज्ञानु श्रेष्ठ
सिन्धुपाल्चोक – संयोजक : कोषाध्यक्ष, रमेश ढुङ्गेल, सदस्य : सम्झना हुमागाई, श्याम खतिवडा, सन्तोष भुजेल
दोलखा – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : रमेश ढुङ्गेल, पेमा लामा
रामेछाप – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : राजन गाउँले, निराशी थामी
सिन्धुली – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : रुपेश दुलाल, कृष्ण सारु मगर, ज्ञानु श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार