Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

डेंगु नियन्त्रण सम्वन्धि चौघडामा छलफल 

369047541_653998160278278-1692535563.jpg

३,भदौं, हेटौडा । हेटौंडा वडा नम्बर ६ मा देखा परेको डेंगु संक्रमण नियन्त्रण गर्न आईतवार चौघडामा हेटौडा स्वास्थ्य चौकी चौघडाको आयोजनामा सरोकारवालाहरु विच अन्ततरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।  
हेटौडा स्वास्थ्य चौकी, चौघडाका प्रमुख टीएन ढुङगेलले डेंगुबाट बच्ने उपायको बारेमा जानकारी गराएका थिए । 
लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनु पर्ने, लामखुट्टे बस्ने स्थानमा लाभ्रा नष्ट गर्नु पर्ने, लामखुट्टे टायर भएको स्थानमा बढी बस्ने भएकाले त्यस स्थानमा दैनिक सरसफाई गर्नु पर्ने, टोल टोलमा सफाई अभियान सञ्चालन गर्नु पर्ने, स्थानीय संघसंस्थाहरु परिचालन गर्नु पर्ने लगायतका विषयहरुमा प्रमुख ढुङगेलले सहजीकरण गरेका थिए । 
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना बिक., नेपलाी काँग्रेस हेटौडा–६ सभापति रामहरि तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नवराज पौडेल,टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष बासुदेव खतिवडा, नवजीवन ज्योति क्लबका सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । 
बैठकले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन समूह, दुग्ध सहकारी, बचत तथा ऋण सहकारी, स्थानीय संघसंस्था, आमा समूह, सञ्चारकर्मी, विद्यालय सम्मिलित बैठक राख्ने र त्यसपछि सबैको सल्लाह अनुसार डेंगु नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बैठकमा सहभागि वडा सदस्य लेखराज ढकालले बताए ।  
हाल हेटौडा–६ नं. वडामा २५ भन्दा बढी डेंगुका संक्रमित रहेको अनुमान गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार