Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

४८ हजार पशुलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

Capture-1692578669.JPG

४ भदौ, हेटौंडा । एक सातामा बागमती प्रदेशका ४८ हजार पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचनालन गरेको खोप अभियान अन्तर्गत १३ जिल्लाका ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाइएको हो ।
मन्त्रालयले मातहतका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मार्फत प्रदेशका ९१ स्थानीय तहमा संचालन गरेको सप्ताहव्यापी खोप अभियान अन्तर्गत ४८ हजार ३६४ गाई भैँसी, गोरु, साँढे, पाडापाडी र बाँच्छाबाच्छीमा रोगविरुद्धको खोप लगाएको हो । 
मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म संचालन गरेको लम्पी स्किन रोगविरुद्धको खोप अभियानमा सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाका पशुमा खोप लगाइएको छ । चितवनमा १० हजार २१९ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । 
उनका अनुसार दोलखाको ५४९, काठमाडौँमा २ हजार ४३९, भक्तपुरमा ९२१, ललितपुरमा १ हजार ५८०, धादिङमा ४ हजार ३०१, सिन्धुलीमा २ हजार ५७८, रामेछापमा २ हजार ३३५ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । 
यसैगरी सिन्धुपाल्चोकमा ३ हजार २७४, मकवानपुरमा ६ हजार ८२२, काभ्रेमा ८ हजार ४११, नुवाकोटमा ३ हजार ५९७ र रसुवामा एकहजार ३३८ पशुमा लम्पी स्किनको खोप लगाइएको छ । 
मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भनेपनि प्राकृतिक विपद्का कारण एकदिन थप गरेर भदौ १ गतेसम्म संचालन गरिएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार