Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कान्तिराजपथको चन्दन स्विट्स  सहित आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा

369481817_251799141016579-1692677656.jpg

५ भदौँ,हेटौँडा । हेटौँडा बजारमा रहेको आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ ।  

हेटौंडा–४ कान्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१मा रहेको चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१० स्थित जय शम्भु मिष्ठान्न भण्डार, हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाईएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको सहकार्यमा सोमबार गरिको अनुगमना क्रममा ६ वटा मिठाई पसल र होटलमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाईएको हो । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाकी सुचना अधिकारी प्रगती अधिकारीले जनाए अनुसार सोमबार गरिएको अनुगमनको क्रममा अत्याधिक फोहोर गरी खाद्य पदार्थको अस्वस्थकर उत्पादन, भण्डारण र बिक्री वितरण गरेको पाईएका जानकारी दिइन् । उनले उक्त पसलहरुमा सार्वजनिक सूचना टाँस गरिएको र अर्को सूचना नभएसम्म खाद्य पदार्थको उत्पादन तथा बिक्री रोक्का गरिएको समेत बताइन । जसमा दुई वटा मिठाइ पसलमा जनस्वास्थ्यलाई असर पुग्ने गरी खानेकुरा उत्पादन भएको परीक्षणले देखिएपछि उत्पादन तथा विक्रीमा रोक लगाइको र हेटौंडा–१ स्थित चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउसमा सरसफाई तथा खाद्य पदार्थको भण्डारणलाई व्यवस्थित गर्न निर्देशन दिइएको जनाइएको छ । 

खाद्य प्रविधिले  भदौ ३ गते आइतरबार हेटौंडा बजारको ७ वटा होटल, रेस्टुरेन्ट तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हेटौंडा–१० स्थित जय शम्भु मिष्ठान्न भण्डारमा स्वास्थ्यको दृष्टिकोणले असर पर्ने गरी उत्पादन तथा बिक्री भएको पाईएको त्यसैगरी हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा सरसफाई र भण्डारण सुधारका लागि निर्देशन दिईएको सूचना अधिकारी प्रगती अधिकारीले बताइन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार