२५ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको आइबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट ४ वटा विधेयकहरू पेस भएका छन् । हिजो बसेको प्रदेश सभाको पहिलो बैठकमा सरकारका तर्फबाट प्रदेश सभामा विभिन्न चारवटा विधेयकहरु पेश भएका हुन् ।
सरकारका तर्फबाट प्रदेशसभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गरिएको छ । यसैगरी आजकै बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पेश भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरे हुन् ।
यस्तै प्रदेश सभामा सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका छन् ।
यसअघि विपक्षी दलहरुको चेतावनीका कारण पटक पटक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा बैठक सञ्चालनका लागी आज विहान प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको पहलमा सर्वदलिय बैठक बसेको थियो । सर्वदलीय बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजदेखि बैठक सञ्चालन भएको हो ।
दोस्रो बैठकमा तीन वटा विधेयमाथी सैद्धान्तिक छलफल
प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकमा प्रदेश सभामा आइतबार नै पेश भएका तीन विधेयकमाथि सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा कानुन मन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक बाहेक तीनवटा विधेयकहरुको सैद्धान्तिक पक्षमा छलफल भएको थियो ।
छलफलमा भाग लिँदै सांसदहरुले सरकारका मन्त्रीहरुले प्रस्तुत गरेको विधयकहरुमा समावेश गर्नुपर्ने बिषय र आवस्यक सुझावहरू दिएका थिए । यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिएका थिए ।
नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सामाजिक विकास मन्त्री मोक्तान, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकका बिषयमा स्वास्थ्यमन्त्री उत्तम जोशी र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बिषयमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले सांसदहरुले राखेका जिज्ञासाका जवाफ दिएका थिए ।
अब प्रदेशसभा बैठक २९ गते बस्ने
आइतबार नै बसेको प्रदेशसभाको दास्रो बैठकबाट शेक प्रस्ताव पारित गर्दै भदौ २९ गतेसम्मका लागी बैठक स्थगित गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २९ गते १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरिएको थियो । स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो । उनको उपचारको क्रममा निधन भएकोमा प्रति प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले १ मिनेट मौन धारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए ।
२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...
२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...
२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...
२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...
२३ बैशाख, हेटौंडा। हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...