Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मकवानपुर गोल्डकपः एपिएफ सेमिफाइनलमा

df-1707266739.jpg

२४ माघ, हेटौंडा । थ्रीस्टार क्लवलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको एकपक्षीय खेलमा एपिएफले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो । 
आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । थ्रीस्टारका डिफेण्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै एनिसेटले गोल गरेका थिए । उनको प्रहार पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । 
४८ औं मिनेटमा एपिएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए । दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन् । ५८ औं मिनेटमा एपिएफले अर्को गोल थप्यो । प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किँदै गोलमा परिणत भएको हो । 
७७ मिनेटमा एपिएफका विदेशी खेलाडी सर्ज संगले चौथो तथा अन्तिम गोल गरे । फोडे फोफोनाले मैदानको करिब मध्य भागबाट लगेको बललाई उनले गोल गरेका हुन् । खेलमा थ्रीस्टारले खासै मुभ बनाउन सकेन । ७९ औं मिनेटमा थ्रीस्टारका दिपेश घलेले दुई डिफेण्डरलाई छलाउँदै गरेको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले जोगाए ।
 खेलको म्यान अफ द म्याच एपिएफका प्रदीप लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति अनुसार नै खेलाडीहरुले खेल खेलेको प्रतिक्रिया दिए । यता थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले राम्रै खेल हुँदाहुँदै हार व्यहोर्नुपरेको बताए । यो संगै जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको छैठौं संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । 
बुधबारबाट सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनल न्यूरोड टिम एनआरटी र राजारानी क्लव धनकुटाको बीचमा हुनेछ । २७ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार