Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राष्ट्रियसभामा विभिन्न विधेयक प्रस्तुत हुने

Screenshot_20230410_10113-1710899609.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११:१५ बजे बस्ने भएको हो ।
बैठकमा राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । 
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । 
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल सकेर अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने कार्यसूची छ । 
त्यस्तै, अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार