Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाल ’ए’ टोलीमाथि आयरल्यान्ड ’ए’ को ’क्लिन स्वीप’

dd-1712489907.jpg

२५ चैत, हेटौंडा । नेपाल ’ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड ’ए’ ले ’क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ’ए’ लाई ६९ रनले हराउँदै आयरल्यान्ड ’ए’ ले शृङ्खला ’क्लिन स्वीप’ गरेको हो ।
आयरल्यान्ड ’ए’ ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ’ए’ ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल ’ए’ का अर्जुन कुमालले १०२ बनाए पनि जितका लागि पर्याप्त हुुन सकेन । यस्तै नेपालको लागी अर्जुन साउदले ३६ रन बनाउदा नेपालले ’ए’ ले अतिरिक्त २२ रन पाएको थियो । बलिङतर्फ आयरल्यान्ड ’ए’ का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए । 
यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ’ए’ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ’ए’ का स्टेफेन डोहेनीले १०७, पिटर मूरले ४४ रन बनाए । बलिङतर्फ नेपाल ’ए’ का रञ्जित कुमार र रिजन ढकालले समान ३÷३ विकेट लिए । 
एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड ’ए’ ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल ’ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ’ए’ ले २–१ ले जितेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार