Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

वैशाख ५ गते आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

dd-1712492995.jpg

२५ चैत, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले यस वर्षपनि साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । 
आइतबार पत्रकार सम्मेलन गर्दै वैशाख ५ गर्ने विविध कार्यक्रमका बारेमा जानकारी गराइएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाले यस वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न जानकारी दिइन् । 
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० कार्यलयसँगको सहकार्यमा हुने वक्तृत्वकला कार्यक्रमको बिषय “नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका” रहेको अध्यक्ष सापकोटाले बताइन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना हुने एकजनाले नगद २ हजार प्राप्त गर्नेछन् । 
यस्तै अध्यक्ष सापकोटाले आउँदो वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गर्ने पनि जानकारी गराइन् । उक्त अवसरमा विभिन्न विद्यामा श्रष्टा सम्मान, विद्यालय स्तरीय एकल गयन प्रतियोगिता, बहस कार्यक्रम लगायत गर्ने उनको भनाई छ । विद्यालय स्तरीय एकल गायनमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
आँचलकी अध्यक्ष सापकोटाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा १० का वडा अध्यक्ष फुर्वादोर्जे लामा, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरीता दाहाल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य  लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार