Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

आइपिएल: लखनउद्वारा गुजरातमाथि ३३ रनको जित

109116005-1712542642.jpg

२६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनमाथि ३३ रनको जित निकालेको छ।
टस जितेर शुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो ।
शुरूमा ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले ४३ बल खेल्दै ५८ रन बनाएका हुन् । कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २/२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए ।
१६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको थियो ।
लखनउका लागि एस ठाकुरले ५ विकेट लिए भने कुनाल पाण्डेयले ३ विकेट हात पारे । नवीन उल हक र रवि बिश्नोईले १/१ विकेट लिए।
यो खेलसँगै लखनउ चार खेलमा तीन जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ ।
आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ। कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार