२६ चैत्र, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पूर्व नेपालको सामुदायिक वनमा ३ दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
समूहको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन गरेको समूहकी सचिव नानी मायाँ रुम्बाले बताईन ।
दियालो सामुदायिक वनका उपभोक्ता एवम सामुदायिक वन उपभोक्ता महासंघ, कोशीका उपाध्यक्ष चन्द्र तामाङले समूहले गरेका गतिविधीहरुको बारेमा जानकरी गराएका थिए । समूहले सामुहिक बेसार खेती प्राङारिक मल उत्पादन, सामुहिक माछापालन लगायतका कामहरु गर्दै आएको यस सामुदायिक वन ६ हजार ३ सय हेक्टरमा फैलिएको छ । त्यसैगरी जामुनवारी सामुदायिक वनका अध्यक्ष खेमराज सिटौलाले समूहले वन्यजन्तुको संरक्षण, पोखरी निर्माण र पार्क निर्माण गरेको बताए । अध्यक्ष सिटौलाले स्थानीय ४० जनालाई रोजगारी सिर्जना गर्नुको साथै बार्षिक सरदर ५ करोडको आम्दानी गरेको बताए ।सहभागीहरुले ईलाम जिल्लामा रहेको चियावारीको अवलोकन गर्नुका साथै विभिन्न धार्मिक क्षेत्रको समेत अवलोकन गरेका थिए ।
समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको भ्रमण दलमा कार्यसमिति, लेखा समिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता गरि ४२ जनाको सहभागिता थियो।
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...