२७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका युवाहरुलाई कपाल काट्ने तालिम सुरु गरिएको छ । गाउँपालिकाका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आयोजित कपाल काट्ने तालिमको सोमबार उद्घाटन गरिएको हो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले तालिमको उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले युवाहरुलाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सीपको सदुपयोग गरी व्यवसायिक रुपमा अघि बढ्न सहभागीलाई अनुरोध गर्दै उनले गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले तालिमको उद्देश्य अनुरुप सीप सिक्दै व्यवहारमा उतार्न अनुरोध गरिन् । आगामी दिनमा थप तालिमको माग भए विशेष प्राथमिकताका साथ योजना तथा वजेट विनियोजन गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
मनहरी ३ नम्बर वडा अध्यक्ष एम् सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
मनहरी गाउँपालिकाका उद्यम विकास सहजकर्ता सम्झना दंगालका अनुसार सहभागी ४० जनाले ३ सय ८ घण्टे तालिम लिनेछन् । तालिमलाई इम्मानुएल अनसेक्स सैलुनले समन्वय गरेको हो ।
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...