Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बंशगोपालको रजत महोत्सव सम्पन्न

20161002_141752-1475407783.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको रजत महोत्सव अाईतबार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पूर्व अध्यक्षहरू हरिप्रसाद सिग्देल, बासुदेव अधिकारी, केशवप्रसाद सञ्जेल र बासुदेव सापकोटा, पूर्व जिल्ला संघ प्रतिनिधि बालकृष्ण चौलागाईं, पत्रकार भीमसेन पौडेल, रूपेश दुलाल, संस्थापक सदस्यहरू,  पूर्व हितकोष समिति, पूर्व कर्मचारी, पूर्व लेखा समितिलाई सम्मान गरिएको थियो ।

यसैगरी, धेरै दूध विक्री गर्ने बोजराज बजगाई, गुणस्तरीय दूघ विक्री गर्ने बुद्धिकृष्ण तिमल्सिना, गोठ सफा गर्ने योगमाया तिमल्सिना, भाँडा सफा राख्ने चोपनाथ भट्टराई, असल करोबारी जयराम घिमिरे र संस्थालाई भौतिक सहयोग गर्ने जिल्ला विकास समिति, पशु सेवा कार्यालय र रानी सामुदायिक वनलाई सम्मान गरिएको थियो ।

भेलामा अध्यक्ष साधुराम चौलागाईंको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक केशवप्रसाद अधिकारीको लेखा परिक्षण प्रतिवेदन कृषक हितकोषका संयोजक खडानन्द चौलागाईंको हितकोष प्रतिवेदन भेलाले पारित गरेको थियो । भेलामा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, पूर्व केन्द्रीय सदस्य बालकृष्ण चौलागाईं, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्व अध्यक्ष केशवप्रसाद सञ्जेल, बासुदेव सापकोटा, बंशगोपाल उमाविका प्राचार्य रमेशप्रसाद लामिछाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

20161002_134420-1475407784.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार