Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव चौलागाईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा संचारकर्मी भीमसेन पौडेल, असली कारोबारी तिर्थमाया कठायत, उद्यमशिल ऋणी गायत्री तिमल्सिना, ज्येष्ठ नागरिक विष्णुप्रसाद लामिछाने, बढि कारोबार गर्ने तारा विडारी, मनिषा शाही, अधिक बाल बचतकर्ता अस्मिता घलान, एसईईमा उत्कृष्ट अंक ल्याउने गंगा सापकोटा र सहकारीलाई महत्वपूर्ण सहयोग गर्ने चिरन्जीवि न्यौपानेलाई सम्मान गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा पूर्व सांसद प्रल्हाद लामिछाने, हिमाल महिला बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जानुका दाहाल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सुसेली सामुदायिक वनका अध्यक्ष विजय लामा, संस्थाका सचिव शान्तप्रसाद दाहाल, सदस्य लक्ष्मण भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
५ सय ५८ शेयर सदस्य आवद्ध संस्थाले आव ०७३/७४ मा १ करोड ३९ लाख रुपैँया कारोबार गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार