Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

मकवानपुरमा एयरपोर्ट निर्माणको तयारी

Indra-Baniya-1485429152.jpg

१३ माघ, हेटौडा । मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहिबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग छलफल गरेको छ । जाडोयाममा सिमरा र भरतपुर एयरपोर्टमा हुस्सुका कारण उडान नहुने भएकाले बैकल्पिक र विपदको समयमा उद्धारका लागि आकस्मिक एयरपोर्टको रुपमा निर्माण गर्न लागेको राज्यमन्त्री बानियाँले बताए । ‘मकवानपुरमा रहेको रेल मार्गको सम्भव्यता रहेको, बीरगंज भन्सार, आधा दर्जन सडक सञ्जाल, बस्ति विकास, औद्योगिक क्षेत्र लगायतका संरचनाका कारण पनि मकवानपुरमा एयरपोर्ट आवश्यकता छ ।’–उनले भने–‘स्थानीयको साथ लिएर पदमपोखरीमा एयरपोर्ट बनाउने मेरो अठोट छ र बन्छ ।’

छलफलमा स्थानीयले देशकै केन्द्र भागमा रहेको मकवानपुर पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथ, धरान–चतरा जस्ता ठूला सडक सञ्जाल रहेको र दुईवटा औद्योगिक क्षेत्र रहेकाले एयरपोर्टको आवश्यकता रहेको बताएका थिए । छलफलमा मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नागरिक उड्डयन मन्त्रालयका नायव महाप्रवन्धक राजकुमार क्षेत्री, प्रमुख ईन्जिनियर ध्रुव बछिवयाले एयरपोर्टको सम्भाव्यताबारे जानकारी गराएका थिए । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली, मकवानपुरका प्रहरी प्रमुख बसन्तकुमार लामा, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नगर सभापति आनन्दराम पराजुली लगायतको सहभागिता रहेको थियो । प्राविधिक टोलीले एयरपोर्टको १.५ किलोमिटर रन–वे र २५ सय मिटर चौडाई रहने बताए । काठमाण्डौंको विमान डाईभर्ट गर्न कम्तिमा ४ किलोमिटर रनवे आवश्यक पर्ने जानकारी गराएको थियो । एयरपोर्टका लागि ७५ करोड देखि १ अर्ब रुपैँया लाग्ने प्राविधिक टोलीको भनाई छ ।

Indra-Baniya1-1485429152.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार