Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

जाडोमा हिटरको प्रयोग गर्दा यस्तो ख्याल गर्नुहोस्

Jaado-1640592489.jpg

१२ पुस, काठमाडौं । चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुन्छ ।
चिसो छल्न मानिसहरु आगो ताप्नेदेखि हिटरसम्म बाल्ने गर्छन्। तर आवश्यक सावधानी भने अपनाउँदैनन्। धेरैजसोले झ्याल–ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । चिसोमा हिटरको प्रयोग किन र कसरी घातक हुनसक्छ, कसरी सावधानी अपनाउने लगायत विषयमा छातीरोग विशेषज्ञ डा राजु पंगेनीसँग गरिएको कुराकानीः 
चिसोमा हिटरको प्रयोग गर्नु कुन अवस्थामा जोखिमपूर्ण मानिन्छ?
– बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातारणमा भएको आद्रता घटाउँछ।
– हिटरले श्वास नलीको भित्री भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ। 
– म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ।
– म्युकस लियर सुन्निएमा दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ। 
– लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या आउन सक्छ। 
– हिटरको तापक्रमले खकारलाई सुख्खा बनाउँछ।
– खकार सुख्खा भए शरीर भित्रै खकार टाँसिने, निमोनिया हुने र अक्सिजन नली समेत बन्द हुनसक्ने खतरा हुन्छ । 

हिटर बाल्दा कुन अवस्थामा मानिसको मृत्यु हुन्छ?
– बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ। 
– बन्द कोठामा हिटर बाल्दा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ। 
– शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झुम्म हुने, बेहोस हुने र मृत्यु हुनसक्छ । 

बन्द कोठामा हिटर बाल्दा कोरोना संक्रमण फैलाउने र जटिलता बढाउने भन्ने कुरामा कतिको सत्यता छ?
– हिटरको प्रयोगले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष रुपमा कोरोना संक्रमितलाई असर गर्नसक्छ।
– बन्द कोठामा हिटरको प्रयोग गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग फैलने र अक्सिजनको मात्रा घटाउन सक्छ।
– संक्रमण छिटो फैलन सक्ने र कोरोनाका बिरामी भए समस्या बढ्न सक्छ ।
 
सुरक्षित तरिकाले कसरी हिटरको प्रयोग गर्न सकिन्छ?
– विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्छ। 
– बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्न हुँदैन।
– हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ। 
– सकेसम्म छोटो समय हिटरको प्रयोग गर्ने, रातभरि हिटर बालेर नछाड्ने र हिटर नजिकै नबस्ने गर्नुपर्छ। 
– हिटरको प्रयोग गर्नुभन्दा प्राकृति रुपमा शरीरलाई बचाउन चिकित्सकको सुझाव पालना गर्नुपर्छ।
साभारः स्वास्थ्य खबरपत्रिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार