Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

घर वरीपरी नै छन् यस्ता औषधी

Aruna-1599186516.jpg

- डा. अरुण उप्रेती

बोझो, खदरादी र कागतीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मेरो व्यक्तिगत अनुभव छ । नेपालभित्र मात्र होइन नेपालबाहिर जाँदा पनि बोझो र खदरादी प्रायः साथमै हुन्छ । किनभने औषधि भनेको जुनसुकै बेला पनि चाहिन सक्छ ।
घाँटी दुखेको बेलामा बोझोले धेरै फाइदा गर्छ । दुखाइ कम गर्नुका साथै बोल्न सहज गराउँछ । सामान्य अवस्थामा पनि धेरै बोल्नु छ भने पहिला नै मुखमा बोझो राख्दा फाइदा गर्छ । बोलीमा पनि निखार ल्याउँछ ।
आयुर्वेदिक औषधिहरूमा प्रशस्त प्रयोग गरिने बोझोको उपयोगिताबारेमा सबै समुदायमा पर्याप्त जानकारी नभए पनि कुनै–कुनै समुदायमा परम्परागतरुपमा प्रयोग गर्ने गरिन्छ । मैले केही वर्षअघि कैलालीको एक समुदायमा घाँटी दुखाइको उपचार गर्न बोझोलाई निकै महत्व दिने गरेको पाएको थिएँ । त्यहाँकी एक महिलाले दिएको जानकारीअनुसार पहिला त बच्चाहरूलाई घाँटीमा बोझोको टुक्राको माला नै लगाइदिने चलन थियो रे ∕ तर अहिले आधुनिक औषधिहरुको व्यापक प्रचलनले यसको महत्व घट्दै गएको छ ।
बोझो सहजैसँग उम्रिने, कुनै स्याहार नचाहिने वनस्पति हो । गमलामा वा सानो टुक्रा जमिनमा पनि बोझो उमार्न र हुर्काउन सकिन्छ । वर्षातमा एकचोटि रोपेपछि आफैं बिस्तारै फैलिँदै जान्छ । यसको जरा बढ्दै जान्छ र यही जरा औषधिको रुपमा उपयोग हुन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
कतिपय अवस्थामा यसले एन्टिबायोटिकले जस्तै काम गर्छ । घाँटीमा संक्रमण भएर एन्टिबायोटिक खाँदा पनि सानो बोझोको टुक्रा ४–५ दिनसम्म लगातार मुखमा राखिरहँदा छिटो फाइदा गर्छ । तर विचार गर्नुपर्ने कुरा के छ भने, कसै–कसैलाई यो धेरै प्रयोग गर्दा सुख्खा भएर नाकबाट रगत आउन सक्छ । त्यसैले एकैचोटि धेरै प्रयोग गर्नुहुन्न । बोझोको बारेमा अहिले वैज्ञानिक अनुसन्धान पनि भइरहेको छ ।
यस्तै घाँटीलाई स्वस्थ राख्नका लागि प्रयोग गरिने अर्को जडीबुटी औषधि हो खदरादी, जुन वैद्यका पसलहरुमा सहजै पाइन्छ । खोकी लागेको बेलामा खदरादी मुखमा राखेर चुसिरहँदा फाइदा गर्छ । तर दैनिक तीन–चारवटाभन्दा बढी प्रयोग गर्नुहुन्न । बढी प्रयोग गर्दा यसले मुटुको धड्कन बढाउन सक्छ । पहिला म आफैंले दिनमा ७–८ वटा खदरादीको प्रयोग गर्दा मुटुको धड्कन बढ्न गएको थियो । यससम्बन्धी विज्ञ डा। सरिता श्रेष्ठसँग छलफल गर्दा उहाँले पनि खदरादीको प्रयोग दिनमा ६–७ वटा गरेमा यसले मुटुको धड्कन बढ्न सक्ने जानकारी दिनुभयो । वैद्यको औषधि भन्नेबित्तिकै जथाभावी प्रयोग गर्नुहुँदैन, यसबाट पनि साइड इफेक्ट हुन सक्छ ।
घाँटीको समस्याको लागि बोझो र खदरादीको प्रयोग निकै लाभदायक हुन्छ । म पनि यसको प्रयोग गर्छु । यस्तो कुरा गर्दा मलाई कतिपय साथीले ‘पुरातनवादी’ पनि भन्छन् । तर बोझोको औषधीय गुणको बारेमा जब अंग्रेजीमा लेखिएको वेबसाइटमा देखाएपछि चाहिँ धेरैले विश्वास गर्छन् । अंग्रेजीमा लेखेपछि मात्र वैज्ञानिक सत्य मान्ने सोच अझै पनि धेरैमा छ ।
असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ भनेर गाउँघरमा पहिले सुन्थें, तर त्यति वास्ता गरिएको थिएन । असुरोको औषधीय महत्वको बारेमा केही वैद्यहरुसँग छलफल गरेपछि यसबारेमा थप ज्ञान भयो । उहाँहरुको भनाइअनुसार असुरोको १० ग्राम रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिलाहरूलाई श्वेत प्रदरको समस्या ठीक हुन्छ । यसमा रहेको केही विशेष तत्वले विभिन्न संक्रमण कम मर्न मद्दत गर्छ । असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन । असुरोको पात पानीमा उमालेर खाँदा कफ सजिलै बाहिर निस्कन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरिअमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् । गिजाबाट रगत आउने, घाउखटिरा भएर पाक्ने, दुख्ने र सुन्निने भएमा चरिअमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुन्छ । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।
यसै गरी अमला बहुउपयोगी फल हो । अमलाको तितौरा बनाएर वा त्यसै पनि खाने गरिन्छ । यसलाई सुकाएर विभिन्न औषधि बनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले अमला पवित्र मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला विष्णुको पूजामा नैवेद्यको रूपमा चढाइन्छ । शायद यसको औषधीय महत्व भएर होला । कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि हुन्छ तर त्रिफलाको विज्ञापन राम्रा–राम्रा हिरो–हिरोइनले गर्दैनन् । त्यसैले त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन महँगा औषधिहरूको प्रयोग गरेर खुशी हुने हाम्रो चलन छ । नजिकको तीर्थ हेला भनेको यही होला । (नेपालसमाचारपत्रबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार