१ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को तेस्रो चरणको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम फापरवारीमा भएको छ । बाग्मती गाउँपालिका अन्तरगत राईगाउँ, फापरवारी र बेतिनी गाविसको आईतबार सम्पन्न भएको हो ।
स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी तेस्रो चरणको कार्यक्रमअन्र्तगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेको प्रमूख आथित्यता तथा मकवानपुरका सभापति, संस्कृति, पर्यटन एवं नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको विशिष्ट आथित्यतामा प्रशिक्षण कार्यक्रम भएको थियो ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति घिमिरेले समसामयिक राजनीतिक घट्नाक्रम, अहिलेको देशको परिस्थिति तथा संविधानको विषयमा स्थानीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिए ।
त्यसैगरी पूर्व तरुण दलका केन्द्रीय सदस्य एवं नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले विगतदेखि अहिलेसम्म नेपाली काँग्रेसले देशमा गरेको राजनीतिक घट्नाक्रमको नेतृत्व र भावी दिनमा नेपाली काँग्रेसले बनाएको योजनाको बारेमा चर्चा गरेका थिए ।
त्यस्तै विशिष्ट अथिति राज्यमन्त्री बानियाँले मकवानपुरको चारै क्षेत्रको विकासमा आफूले धेरै विकाश निर्माणको कार्यमा सहभागिता जनाएको र आउँदो दिनमा पनि यस्लाई धेरै नै गर्ने बताउँदै आफू मन्त्री पदमा रहँदा या नरहँदा पनि जिल्लाको विकास नै आफ्नो पहिलो प्रयास रहने बताए ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर भ्लोन, काँग्रेस क्षेत्र नम्बर १ का उपसभापति डिल्ली घोरासैनी, सचिव सुवात सिं थिङ, कोषाध्यक्ष खेलप्रसाद पौडेल, महासमिति सदस्य धर्मराज लामिछाने, महासमिति सदस्यहअरु, दिलबहादुर भोम्जन, मानबहादुर पाटा, ज्ञानबहादुर माझी लगायतले मन्तव्य व्यक्त गरे ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले परित्याग गर्दै रामहरि केसी, गिता निमावि भोर्लेनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलगायतका ५३ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेकोे काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)