Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शुक्रबार सम्म नेपाललाई ४१ स्वर्ण, नेपाल दोश्रो स्थानमा

_106936069_logoandmuscut-1575680359.jpg

२० मंसिर, हेटौंडा । १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबारसम्म नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रबार नेपालले पदक तालिकामा थप ५ स्वर्ण थप्दै ४१ पुर्याएको हो ।
नेपालले शुक्रबारमात्रै गल्फमा २ तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा १÷१ स्वर्णपदक जितिको छ । नेपाललाई ४१ औं स्वर्ण पदक पौडीबाट गौरिका सिंहले दिलाएकी हुन् । गौरिकाले शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । 
नेपालका लागि शुक्रबार भारत्तोलनमा ८९ किलो तौल समूहमा विकास थापाले स्वर्ण पदक जिते । यस्तै गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ । पुरुष व्यक्तिगत स्पर्धामा सुवास तामाङले स्वर्ण पदक जितेका हुन् भने टिममा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङले नेपालका लागी स्वर्ण दिलाए ।
त्यस्तै एथलेटिक्सतर्फ गोपीचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन् । उनले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका हुन् ।
१३ औं सागमा भारत ८१ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ । पुछारको भुटानको ६ कास्यपदकमात्रै छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण दिलाउनेहरु
१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते)
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते )
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते)
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते)
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते )
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते)
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते)
८. नवीन रसाइली– (६७ केजी) कराँते)
९. सुनिता महर्जन– (६८ केजी) कराँते)
१०. अनुपमा मगर– (६८ केजी) कराँते)
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से)
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से)
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से)
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से)
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से)
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम)
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो )
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो)
२०. सोनी गुरुङ – (ट्रायथलन)
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो)
२९. सक्षम कार्की– )तेक्वान्दो)
३०. निमा घर्ती मगर ( उसु)
३१. लक्ष्मी मगर– (साइक्लिङ)
३२. बुद्धिबहादुर तामाङ– (साइक्लिङ)
३३. सञ्जु चौधरी ( भारोत्तलन)
३४. गौरिका सिंह ( पौडी)
३५. जुनी राई ( उसु)
३६. भुपेन श्रेष्ठ– (तेक्वान्दो)
३७. गोपीचन्द्र पार्की– (दौड )
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ ( टिम इभेन्ट, गल्फ )
४०. विकास थापा ( भारोत्तोलन)
४१. गौरिका सिंह ( पौडी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार