Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चुनावी माहोल बनाउँदै मकवानपुरे दलहरु

Parties1-1486976480.jpg

२ फागुन, हेटौँडा । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताईरहँदा मकवानपुरका राजनैतिक दलहरु पनि चुनावी माहोल बनाउन जुटेका छन् ।
पछिल्लो समय जिल्लामा रहेका राजनैतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाईरहेका हुन् । निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ताका लागि सूचना जारी गरेपछि राजनैतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्तासमेत गरेका छन् । उनीहरु अहिले गतिविधिलाई तल्लो तहसम्म पुर्याईरहेका छन् ।
नेपाली काँग्रेस 
नेपाली काँग्रेस मकवानपुरले चुनाव लक्षित गर्दै चारवटै निर्वाचन क्षेत्रमा संगठन सुदृढिकरण अभियान संचालन गरेको छ । त्यस लगतै उसले चारवटै निर्वाचन क्षेत्रमा राज्य पुर्नसंरचना आयोगले विभाजन गरेको गाउँ पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रशिक्षणसँगै काँग्रेसले विभिन्न पार्टीका नेता कार्यकर्ता आप्mनो पार्टीमा प्रवेशको कामलाई पनि जोड दिएको छ । नेपाली काँग्रेस पूर्ण रुपमा निर्वाचनमा केन्द्रित भएर संगठनको काम गरिरहेको बताउँदै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले काँग्रेस तल्लो तहमा बढि भन्दा बढि आप्mनो नेतृत्व ल्याउने ढंगबाट अघि बढेको बताए ।
नेकपा एमाले
एमालेले ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’ नाम दिएर चार महिने अभियान संचालन गरिरहेको छ । गाउँ–गाउँमा पुगेर निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने जस्ता विषयलाई अवगत गराउने, ओली सरकारका विशेषता, स्थानीय तहको बजेटको प्रभावकारी कार्यान्वयन लगायत विषयमा तल्लो तहमा अवगत गराउने काम गरिरहेको जिल्ला कमिटि सदस्य एवं मकवानपुरगढी गाउँपालिका अभियानका उपप्रमुख नविन सिग्देलले बताए । त्यसैगरी, उसले पनि विभिन्न पार्टीका कार्यकर्ता आप्mनो पार्टीमा ल्याउने र अरु पार्टीमा गएका पुराना कार्यकर्ता फर्काउने काम गरिरहेको छ ।
माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादी केन्द्र पनि आप्mनो गतिविधि गाउँ तहसम्म पु¥याईरहेको छ । चुनावको तयारीमा जुट्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिएकाले जिल्ला तहमा पनि माओवादी केन्द्रले आप्mनो आन्तरिक गतिविधि बढाईरहेको छ ।
नयाँ शक्ति
नयाँ शक्ति नेपालले पनि निर्वाचनलाई लक्षित गरेर गतिविधिलाई तिब्र पारेको छ । नयाँ शक्तिले पछिल्लो समय रणनीतिक ढंगबाट गाउँ तहसम्म पुगेर आफ्नो उपस्थिति जनाईरहेको छ । हस्ताक्षर अभियान संचालन गरेर गतिविधि गरिरहेको नयाँ शक्तिले केही दिन अघि प्रशिक्षण गरेर ठोस निर्देशनका साथ नेता कार्यकर्ता परिचालन गरेको छ । उसले तल्लो तहदेखि माथिल्ला तहसम्म मतदाता संख्याको कम्तिमा ३ प्रतिशत सदस्यता वितरण गर्नै पर्ने निर्देशन दिएको छ ।
राप्रपा
लामो समयदेखि स्थानीय निकायको निर्वाचनको माग गरेको राप्रपा पनि निर्वाचन लक्षित गतिविधि गरिरहेको छ । केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर आफ्नो गाउँ, नगर, क्षेत्र र जिल्ला तहसम्मको समितिहरु पुर्नगठन गरेको राप्रपाका नेताहरु निर्वाचनलाई लक्षित गरेर गाउँ दौडाहामा छन् । उनीहरु पुराना कार्यकर्ता पार्टीमा फर्काउने र अन्य पार्टीका कार्यकर्ता भित्र्याउने रणनीतिमा छन् ।
माले
नेकपा माले मकवानपुरले पनि निर्वाचनको तयारीका लागि पार्टीले कार्यक्रम ल्याउन लागेको छ । दलहरुको अभिव्यक्तिले अझै स्थानीय तहको चुनाव हुनेमा अन्यौलता रहेपनि केही दिनमै रणनीतिक ढंगबाट चुनावी कार्यक्रम अघि बढाउने तयारीमा रहेको माले मकवानपुरका सचिव भीमसेन महतले बताए ।
केही दलले अझै चुनावबारे गतिविधि बढाएका छैनन् र कोही बहिस्कारको रणनीतिमा छन् । प्रमुख दलहरु निर्वाचन लक्षित गतिविधि लिएर गाउँ तहसम्म पुग्नुलाई मतदाताले पनि निर्वाचन हुने संकेतका रुपमा लिएका छन् । तर केन्द्रमा दलहरुको सत्ता केन्द्रीत गतिविधि बढि र निर्वाचनको मिति घोषणामा एकमत नभएकाले आशंका भने कायममै देखिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg