Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा बल्ल बालीको बिमा

Mustaurd-1486987132.JPG

२ फागुन, हेटौँडा । सरकारले ०६९ देखि बाली बिमा गर्ने कानुनी व्यवस्था गरे पनि मकवानपुरमा भने चालु आवदेखि मात्र सुरुवात भएको छ । विविध कारणले बाली क्षति भई कृषकले नोक्सानी भोग्न नपरोस् र कृषि कर्ममा लाग्न हतोत्साही नहुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कृषि कार्यालयका बाली विकास अधिकृत रचना देवका अनुसार जिल्लामा तोरी बालीको बिमाबाट बाली बिमा सुरु भएको कान्तिपुर दैनिकमा मकवानपुर संवाददाता प्रताप विष्टले समाचार लेखेका छन् । 
हटियाका डिल्लीप्रसाद पराजुलीले १५ कठ्ठा जमिनमा लगाएको तोरी बालीको बिमा गरेका छन् । बाली बिमाबारे कृषकहरूलाई जानकारी नभएकाले पनि विगतका वर्षमा बिमा हुन सकेको थिएन । बिमा गर्न कृषक र कृषि प्राविधिक दुवैले बिमा फाराम भर्नुपर्छ ।  प्राविधिकले बालीको मूल्यांकनसहितको फाराम भर्नुपर्ने कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले बताए ।  मूल्यांकनको आधारमा बाली बिमा गर्ने व्यवस्था छ । बाली लगाएको एक सातादेखि १५ दिनभित्र बिमा गर्नुपर्ने व्यवस्था छ ।
बिमा गरेको बाली प्राकृतिक प्रकोप तथा रोगका कारणले नष्ट भएमा बिमा कम्पनीले लागतको ९० प्रतिशत रकम कृषकलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । इन्स्योरेन्स कम्पनीले बिमा लागतको आधारमा भुक्तानी दिने गर्छ । लागतको ५ प्रतिशत बिमा शुल्क इन्स्योरेन्स कम्पनीलाई बुझाउनुपर्छ । बिमा कम्पनीलाई बुझाउनुपर्ने ५ प्रतिशतमध्ये ७५ प्रतिशत रकम सरकारले कृषकलाई अनुदान स्वरूप उपलब्ध गराउने व्यवस्था छ । कृषकले जम्मा प्रिमियमको २५ प्रतिशत मात्र रकम कम्पनीलाई बुझाउनुपर्छ । बिमा गर्नका लागि कम्तिमा पनि एक कठ्ठा क्षेत्रफलमा खेती गरिएको हुनुपर्ने व्यवस्था रहेको छ ।
बाली बिमाबारे कृषकलाई जानकारी नभएको मनहरी गाविसका कृषक सुरेश न्यौपानेले भने, ‘बालीको बिमा गर्ने व्यवस्था छ भन्ने कुरा गाउँका कृषकलाई थाहा नै छैन ।’ गाउँ/गाउँमा रहेको कृषि सेवा उपकेन्द्रका प्राविधिकले बाली बिमा गर्न कृषकलाई उत्प्रेरित नगरेको गुनासो ग्रामीण भेगका अगुवा कृषकहरूको रहेको छ । कृषकहरूले जोखिम मोलेर बाली लगाइरहेका छन् । ‘बिमा गर्ने व्यवस्था जानकारी भएको भए उनीहरूले यस्तो जोखिम मोल्नुपर्ने थिएन,’ थाहा नपाएका कृषक रामहरि कार्कीले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg