९ फागुन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले भागबन्डाका अाधारमा १४ देशका लागि राजदूत सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रका ४, राप्रपाको ३ र फोरम लोकतान्त्रिकबाट १ रहेका छन् ।
कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि चिकित्सक डा. चोपलाल भूषाल, म्यानमारका लागि गैरआवासीय नेपाली संघका संरक्षक भीम उदास, दक्षिण कोरियाका लागि पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइराला र यूनाइटेड अरव इमिरेट्सका लागि म्यानपावर व्यवसायी आशा लामा रहेकी छिन् ।
माओवादीको तर्फबाट अष्ट्रेलियाका लागि पूर्व सभासद् लक्की शेर्पा, डेनमार्कका लागि राईजिङ नेपालका पूर्व सम्पादक युवनाथ लम्साल, साउदी अरेवीयाका लागि त्रिभूवन विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्र सिंह र बहराइनका लागि राज्य पुनर्सरचना आयोगका पूर्व अध्यक्ष पदम सुन्दास रहेका छन् ।
राप्रपाबाट स्पेनका लागि पूर्व सैनिक अधिकारी भरत रायमाझी, इजरायलका लागि पूर्व कानुन मन्त्री निरञ्जन थापा र जापानका लागि प्रतिभा राणा रहेका छन् । फोरम लोकतान्त्रिकको तर्फबाट ओमनका लागि शर्मिला पराजुली ढकाल सिफारिसमा परेकी छिन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)